समाचार

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनीललाई ९ वर्ष कैद सजाय

Banner

काठमाडौँ, वैशाख २६-

विशेष अदालतले नेसनल पेमेन्ट गेटवे (एनपिजी) खरिद प्रकरणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई नौ वर्ष कैद सजाय सुनाएको छ ।

वैशाख ७ गते दोषी ठहर भएका पौडेलको मङ्गलबार सजाय निर्धारण भएको हो । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अदालतले नौमध्ये आठ जनालाई भने सफाइ दिएको थियो ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई नौ वर्ष सजाय तोकेको हो । यस्तै अदालतले २३ करोड २७ लाख ५८ हजार ७७ रुपियाँ बिगो असुलउपरको फैसला गरेको छ । अदालतको फैसला अनुसार पौडेललाई बिगो बराबरकै जरिबाना हुने छ ।

फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्चमा पुनरावेदन गर्न पाउने छन् । अदालतले पौडेलले पदीय जिम्मेवारी पालना नगरी नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याएको ठहर गरेको थियो । गेटवे खरिदमा आवश्यक प्रक्रिया पूरा नगरी भुक्तानीको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>