चितवन विशेष

भरतपुर–२ मा महिलाको क्षमता विकासको लागि उद्घोषण तालिम

Banner

चितवन, वैशाख १७–

भरतपुर महानगरपालिका वडा नम्बर २ मा सञ्चालित तीन दिने उद्घोषण तालिम सकिएको छ ।

महिलाको नेतृत्व क्षमता विकास गर्न वडाले आयोजना गरेको तालिम आज सकिएको हो ।

भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले तालिमले महिलाको नेतृत्व क्षमताको विकास गरेको बताए । महिलामा नेतृत्व क्षमताको विकास गर्न उद्घोषण तालिम आयोजना गरिएको वडाध्यक्ष रानाभाटले जानकारी दिए । सहभागीले तालिम प्रभावकारी भएको र नेतृत्व क्षमतामा विकास भएको बताएका छन् ।

भरतपुर–२ वडा कार्यालयको सभाहलमा भएको उद्घोषण तालिममा विभिन्न १८ वटा टोलका ५० जना सहभागी छन् । तालिमको समापन कार्यक्रममा वडाध्यक्ष रानाभाटले सिकेको सीपलाई व्यवहारमा ल्याउनुपर्ने बताए । ‘तालिम लिइसकेपछि सहभागीबाट सकारात्मक प्रतिक्रिया आयो, तीन दिनको समय नपुगेको हुनाले आगामी दिनमा यस तालिमलाई पाँच दिनको बनाउने सुझाव आएको छ, हामी यही सुझावलाई मध्यनजर गर्दै अघि बढ्नेछौँ’ वडाध्यक्ष रानाभाटले भने । नेतृत्व विकासको सीपले महिला समक्ष बनाउने वडाध्यक्ष रानाभाट बताउँछन् ।

उनले तत्काल किशोरकिशोरीका लागि नेतृत्व विकासको तालिम वडा कार्यालयले ल्याउने बताए । एसईई दिएर बसेका किशोरकिशोरीका लागि पनि नेतृत्व विकासको तालिम छिटै दिने गरी वडाले तयारी गरेको बताए ।

तालिमको मुख्य प्रशिक्षकमा पत्रकार किशोर खनाल रहेका थिए । मुख्य प्रशिक्षक खनालले उद्घोषणसहित महिलाको नेतृत्व तहको क्षमता विकासलाई प्रमुख प्राथमिकता दिएर तालिम दिइएको बताए । चितवन पोष्ट दैनिकका सहसम्पादकसमेत रहेका खनालले तालिममा सहभागी हुनेले जुनकुनै संस्थामा नेतृत्व गर्न सक्ने अवस्थामा पुगेको जानकारी दिए ।

तालिमको अर्का प्रशिक्षक पत्रकार कमलराज कँडेल रहेका थिए । उनले तालिम प्रभावकारी भएको बताए । कार्यक्रममा वडा सदस्य परशुराम पौडेलले उद्घोषण तालिम बर्सेनि चलाउने बताए । वडा सचिव ओमप्रकाश न्यौपानेले तालिम कार्यक्रमको संयोजन गरेका थिए ।

तालिममा जनप्रतिनिधिहरु, बेलपत्र श्रेष्ठ, बलराम सिटौलालगायतले तालिम उत्साहपूर्ण रहेको बताए । सहभागीको तर्फबाट कविता रेग्मीले बोलेकी थिइन् । उनले तालिम प्रभावकारी भएको बताइन् । उद्घोषण तालिम महिलाका लागि अति आवश्यक भएको र वडाले दिँदा आफ्नो क्षमता विकास भएको बताइन् । भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले उद्घोषण तालिमका सहभागीलाई प्रमाणपत्र बितरण गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>