Breaking News

मनासलुमा हिमपहिरो गएपछि नारायणी किनारमा सर्तकता अपनाउन चितवन प्रशासनको अपिल

Banner

चितवन, वैशाख ९-

मनासलु हिमालमा हिम पहिरो जान थालेपछि नारायणी नदी किनारमा सर्तकता अपनाउन चितवन प्रशासनले अपिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज जिल्ला प्रशासन कार्यालय गोरखाबाट हिमपहिरोको सूचना पाएपछि त्रिशूली र नारायणी नदी किनार वरपर बसोबास गर्ने नागरिकलाई २४ घण्टासम्म सतर्क रहन अपिल गरेको हो ।

आज चुमनुब्री गाउँपालिका–१ सामागाउँमा रहेको वीरेन्द्र तालमा मनासलु हिमालबाट गएको हिमपहिरोले तालको पानी बिस्थापित हुन गई नदीमा बहाब बढ्न गएको सूचनामा जनाइएको छ । सोही सूचना अनुसार त्रिशूली र नारायणी नदी आसपासमा बसोबास गर्ने नागरिकलाई सचेत रहन प्रशासनले अपिल गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>