अपराध

विदेश जान दिएको रकम फिर्ता नगरेको भन्दै एजेन्टलाई अपहरण गरी बाँधेर कुटपिट, बाबु-छोरा पक्राउ

Banner

जनकपुरधाम, वैशाख ९-

सिरहामा एक व्यक्तिलाई अपहरण गरी बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

सप्तरीको सुरुङ्गा नगरपालिका १० थलहाका ईश्वरदेव मुखियालाई अपहरण गरी कुटपिट गरेको आरोपमा मिर्चैया नगरपालिका ३ का सिरिया यादव र उनका छोरा रुपेश यादवलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले कुटपिट गरेको आरोपमा सिरिया र उनका छोरा रुपेशलाई पक्राउ गरेको बताए ।

उनका अनुसार मुखिया विदेश पठाउने एजेन्टको काम गर्छन् । विदेश जान रकम दिएको र फिर्ता नगरेको भन्दै उनलाई सिरियाले छोरा रुपेशको सहयोगमा अपहरण गरी कुटपिट गरेका हुन्।

पक्राउ परेका बाबु–छोरामाथि पीडित मुखियाले अपहरण तथा शरीर बन्धक शीर्षकमा शनिवार नै प्रहरीमा जाहेरी दिएका छन् । डीएसपी बस्नेतले आज मुद्दा दर्ता हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>