समाचार

सहकारी ठग रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यकः गगन थापा

Banner

काठमाडौं,बैशाख ४-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक रहेको बताएका छन् । बुटवलको सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानअनुसार सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सहकारी ठगी गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हो कि होइन भनेर प्रतिवादी नबनाएकाले त्यसले संसदीय छानबिनको आवश्यक थप बढेको बताए ।

“सरकारी वकिललाई प्रतिवेदन बुझाएको प्रहरीले सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने कुरा थाहा नभएकाले मैले प्रतिवादी बनाएर प्रतिवेदन दिन सकिनँ भन्यो,” थापाले मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा भने, “सहकारी ठग्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने कुरा छुट्याउन सकिनँ भनेर प्रहरीले भनिसकेपछि त्यो खोज्नुपर्‍यो कि परेन ? त्यो हामीले नखोजे कसले खोज्छ त ?”

उनले रवि लामिछानेको ठाउँमा कांग्रेसको मान्छे, एमालेको, माओवादीको वा अरू कुनै मान्छे भएको भए पनि यही गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>