Breaking News

अन्तर प्रदेश खेलकुदः मधेश प्रदेश पुरुष क्रिकेटको फाइनलमा

Banner

चितवन, चैत ३०–

मधेश प्रदेश प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शुक्रबार) भएको दोस्रो सेमीफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै फाइनलमा गण्डकी प्रदेशसगंको भेट पक्का गरेको हो । सुदूरपश्चिमले दिएको १४६ रनको लक्ष्य मधेशले १७.४ ओभरमा ५ विकेटको क्षतिमा १५१ रन बनाउँदै जित हात पा¥यो ।

मधेशको जितमा कप्तान पवन सर्राफले अविजित ६३ रनको पारी खेले । ३२ बल खेलेका पवन ६ छक्का र २ चौका प्रहार गरे । ओपनर साहिल पटेल ३५ बलमा २ छक्का र ४ चौकाको मद्धतमा ४८ रन बनाए । मयन यादवले २० रन बनाए । सुदूरपश्चिमका लागि नरेन साउदले ४ ओभरमा २१ रन खर्चिदै ३ विकेट लिए भने भोजराज भट्ट र नयन जोशीले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश १८.१ ओभरमा अलआउट हुँदै १४५ रन जोड्यो । उसका लागि बसन्त कार्कीले ३८ रन बनाए भने अभिषेक पालले २५, दिपक बोहोरो अविजित २२ र अर्का दिपक बोरोराले १७ रन बनाए ।

सुदूरपश्चिमलाई कम योगफलमा रोक्न मधेशका रञ्जित कुमारले ४ ओभरमा मात्र १९ रन खर्चिएर ६ विकेट लिए । विशाल पटेलले २, पवन सर्राफ र अभिषेक तिवारीले समान एक–एक विकेट लिए । ६ विकेट लिएका रञ्जित प्लेयर अफ दि म्याच घोषित भए । उपाधिका लागि मधेशले भोलि गण्डकी प्रदेशको सामना गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>