देश/प्रदेश

पढाइ छाडेको ३८ वर्षपछि मकवानपुरका ५२ वर्षीय गुरुङले पास गरे कक्षा ८

Banner

हेटौंडा, चैत २६-

मकवानपुर ५२ वर्षीय पुरुषले ८ कक्षा पास गरेका छन् । थाहा नगरपालिका-५ का ५२ वर्षीय सन्त बहादुर गुरुङले कक्षा ८ को परीक्षा उत्तीर्ण गरेका हुन् ।

थाहा-१ मा रहेको झम्केश्वरी माविमा भर्ना भएका गुरुङले ८ कक्षा पास गरेका हुन् । ३७ वर्ष अघि ८ कक्षामा उनुतीर्ण भएपछि पढाइ छाडेका उनले ३८ वर्षपछि पुनः विद्यालय भर्ना भएर ८ कक्षा पास गरेका हुन् ।

झम्केश्वरी मावि थाहा–१ का विद्यार्थी गुरुङले गत १ चैतबाट सुरु भएको थाहा नगरपालिका स्तरीय कक्षा ८ को परीक्षा दिएका थिए । थाहा नगरपालिकाले शैक्षिक सत्र २०८० मा सञ्चालित नगरपालिकास्तरीय आधारभूत शिक्षा (कक्षा–८) को परीक्षाफल २५ चैत दिउँसो प्रकाशित गरेको हो ।

दुई छोराका बाबू उनी गाउँमा बसेर सामजिक काममा कृयाशिल छन् । गुरुङका जेठो छोरो स्नतकोत्तर तहमा अध्ययनरत छन् भने कान्छो छोरोले स्नातक तह अन्तर्गत बीएस्सी एजी पास गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area