खेलकुद

बरोडाविरुद्ध नेपालको कमजोर ब्याटिङ

Banner

काठमाडौं, चैत २०-

नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग कमजोर ब्याटिङ प्रदर्शन गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३ ओभरमा ५ विकेट गुमाउँदै ८२ रन बनाएको छ । नेपालका सन्दीप जोरा ३ र कुशल मल्ल क्रिजमा छन् ।

अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । उनी परिक्षित पाटिदारको बलमा टप एज लागेर आउट भएका थिए ।

कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ रनमा रन आउट हुन पुगे । गुलशन झा १४ बलमा १ चौकासहित १३ रनमा आउट भए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>