विज्ञान/प्रविधि

इन्स्टाग्रामलाई टक्कर दिंदै बिल गेट्सको कम्पनी, ल्याउँदै नयाँ फिचर

Banner

चैत १७-

माइक्रोसफ्टको स्वामित्वमा रहेको सोसल मिडिया प्लाटर्फम लिंक्डइनले नयाँ भिडियो फिड फिचर ल्याउने तयारी गरेको छ । त्यस अन्तरगत लिंक्डइनमा पनि टिकटककै जस्तै सर्ट भिडियो फिडको अप्सन पनि उपलब्ध हुनेछ ।

लिंक्डइनमा थपिने सर्ट भिडियो फिचरमा प्रयोगकर्ताले विभिन्न सुविधा प्राप्त गर्नेछन् जो अन्य भिडियो एपभन्दा निकै फरक हुनेछन् ।

लिंक्डइनको उक्त फिचरमा तपाईंले करिअर तथा प्रोफेसनल शीर्षकलाई निकै सजिलोसँग सेट गर्न सक्नुहुनेछ । कम्पनीले अहिले उक्त इनोभेटिभ भिडियो फिचरको परीक्षण गरिरहेको छ र निश्चित प्रयोगकर्ताका लागि मात्रै उपलब्ध गराएको छ ।

यो फिचरले प्रयोगकर्तालाई आफ्नो क्षमता तथा रुचि अनुसारको रोजगारी प्राप्त गर्नमा निकै सहज हुने दाबी कम्पनीको छ।

यदि योजना अनुसार सर्ट भिडियो फिचर थप भएमा लिंक्डइन पनि अन्य लोकप्रिय एपहरुकै सूचीमा सामेल हुनेछ ।

इन्स्टाग्राम, युट्युब, स्नापच्याट तथा नेटफ्लिक्समा पनि यस्तै फिचरहरु उपलब्ध छन् । सर्ट भिडियो प्लाटर्फम टिकटकको सफलतापश्चात् अन्य भिडियो एपहरुले पनि त्यस्तै फिचर ल्याएका हुन् र लिंक्डइनले पनि त्यसको सिको गर्न थालेको छ ।

यसले लिंक्डइन प्रयोगकर्ताको आधारलाई फराकिलो पार्ने र मनोरञ्जनका लागि समेत लिंक्डइन प्रयोग गर्नेहरुको संख्या बढ्नेछ। यसको टक्कर खासगरी इन्स्टाग्रामसँग हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समयमा भिडियो सामग्री जोकोहीको पनि पहिलो रोजाइ बनिरहेको छ । व्यवसायिक व्यक्ति तथा विज्ञहरुले पनि यसको सहारा लिइरहेका छन् । त्यसमा तपाईंले करिअरमा बढोत्तरी गर्नेदेखि व्यवसायिक सीप सिक्नेलगायतका हरेक जानकारी हासिल गर्न सक्नुहुन्छ।

लिंक्डइनले ल्याउन थालेको नयाँ भिडियो फिडको सहयोगमा प्रयोगकर्ताले आफूले चाहेको कुरामा अनलाइनमा सल्लाह लिन सक्दछन् । त्यही नै करिअरमा वृद्धि विकास, जागिर खोज्ने तथा व्यवसायिक सीपका बारेमा पनि सिक्ने सकिने बताइएको । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>