Breaking News

आङ्देम्बेले कांग्रेसको उपसभापति पदमा उम्मेदवारी दिने

०
Banner

चितवन,असोज १८-

नेपाली कांग्रेसको विधान संशोधन गरी तीनजना उपसभापतिको व्यवस्था भए पार्टी संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या थप गर्ने चर्चा भइरहेका बेला आङ्देम्बेको उम्मेदवारी तयारीबारे विवरण सार्वजनिक भएको हो ।

‘पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन बनाउँदा उहाँ उपसभापति पदको उम्मेदवार बन्नुहुन्छ,’ उनीनिकट स्रोतले भन्यो । आङ्देम्बे यसअघि कांग्रेसका सहमहामन्त्री थिए । हाल उनी पार्टीको संसदीय दलका नेता छन् । संसदीय दलको नेता बनेपछि उनी १५ औँ महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिन्छन् भन्ने चासो बढेको थियो ।

यस्तोमा, विधान संशोधनमार्फत तीन उपसभापति पदको व्यवस्था गरिए उक्त पदमा उम्मेदवार दिने भएका हुन् । कांग्रेसमा हाल दुई जना उपसभापतिको व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>