अन्तर्राष्ट्रिय

पोल्याण्डका प्रधानमन्त्रीले भने: युरोप युद्धपूर्वको अवधिमा छ

Banner

पोल्याण्ड, चैत १७-

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोप ‘युद्धपूर्वको अवधि’मा रहेको बताएका छन् । उनले युक्रेनलाई रुससँग हार्ने अनुमति दिन नहुने बताए ।

‘यो सम्पूर्ण युरोपको लागि राम्रो हुनेछैन,’ टस्कले भने । उनले युद्ध अब विगतको कुरा नरहेको पनि बताए । अब यो वास्तविकतामा बनेको र यो दुई वर्ष पहिले सुरु भएको उनको जिकिर छ। पोल्याण्डका प्रधानमन्त्रीको यो बयान रुसले युक्रेनको ऊर्जा प्रणालीमा गरेको पछिल्लो हमलापछि आएको हो ।

तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको नेटोमाथि आक्रमण गर्ने मनसाय नरहेको बताएका छन् । रुसले पोल्याण्ड, बाल्टिक देश र चेक गणतन्त्रमाथि आक्रमण गर्ने बताइए पनि यी बेकारका कुरा भएको उनले स्पष्ट पारे ।

यद्यपि पुटिनले युक्रेनले आफूविरुद्ध एफ–१९ लडाकु विमान प्रयोग गरे उनीहरू जहाँ भए पनि निशाना बनाइने चेतावनी दिएका थिए । फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि युरोपसँगको सम्बन्ध चिसिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>