खेलकुद

‘प्लेयर अफ द म्याच’ भएबापत प्राप्त पुरस्कार रकम बेवारिसे कुकुरको उद्धारमा दिने सोमपालको घोषणा

Banner

काठमाडौं, चैत १४-

क्रिकेटर सोमपाल कामीले आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० अभ्यास खेलमा ‘प्लेयर अफ द म्याच’ भएबापत प्राप्त नगद पुरस्कार पशु उद्धारसम्बन्धी सामाजिक संस्थालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

उनलाई पुरस्कारबापत ७ हजार ५०० रुपैयाँ फिल्म ‘मनसरा’का निर्माता तथा छायांकार शैलेन्द्र डी कार्कीले प्रदान गरेका थिए । उक्त रकम सयौं बेवारिसे र सडक कुकुरलाई आश्रय दिंदै आएको सामाजिक संस्था श्रीज् एनिमल रेस्क्युलाई प्रदान गर्ने घोषणा सोमपालले फेसबुकबाट गरेका छन् ।

साथै, उनले वर्षाको समयमा आफू वरपर सडक र बेवारिसे कुकुर देखेमा खाना खुवाउन र आश्रय दिनसमेत आग्रह गरेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>