देश/प्रदेश

सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते भएका बाबु छोरीको मृत्यु

Banner

सुर्खेत, चैत ८-

आगोमा जलेर घाइते भएका बाबु छोराको मृत्यु भएको छ । कालीकोटको खाँडाचक्र नगरपालिका(५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते भएको बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको हो ।

गाउँ नजिकैको सामुदायिक वनमा चैत २ गते बाख्रा चराउन जाँदा आगोमा जलेर ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्ती गम्भीर घाइते भएका थिए ।

उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत लगिएपनि सोमबार दिउँसो छोरीको र बुधबार बेलुका बुवाको मृत्यु भएको प्रदेश अस्पतालका अफिस सेक्रेटरी दिपक गिरीले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area