देश/प्रदेश

९० वर्षीया वृद्धालाई घरमै पुगेर नागरिकता

Banner

डोटी, चैत ७-

जिल्ला प्रशासन कार्यालयले एक वृद्धालाई यहाँ घरमै नागरिकता उपलब्ध गराएको छ । सायल गाउँपालिका–२ सिर्माकी ९० वर्षीया कलसी थापा ओलीलाई घरमै नागरिकता उपलब्ध गराइएको हो ।

कार्यालयका कर्मचारी लालबहादुर बोगटीलाई वृद्धाको घरमा पठाएर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताउनुभयो । वृद्ध अवस्थामा रहनुभएकी ओली कार्यालयमा आएर नागरिकता लिन नसक्ने अवस्थालाई हेरी विशेष सुविधाअन्तर्गत जनप्रतिनिधि र स्थानीयको समन्वयमा नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारी बोगटीले आज गाउँपालिकाका उपाध्यक्ष निर्मला ओली, वडाध्यक्ष मानबहादुर सिंह लगायतको उपस्थितिमा वृद्धा ओलीलाई नागरिकता प्रमाणपत्र दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले घरमै नागरिकता दिएपछि वृद्धाका नाती रामबहादुर ओलीले डोटी प्रशासन, जनप्रतिनिधि तथा अभियानकर्मी लगायतका सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।

स्थानीय दलबहादुर ओली र आफ्नो करिब दुई वर्ष लामो निरन्तरको प्रयासपछि ओलीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन सफल भएको सामाजिक अभियानकर्मी तेज डुम्रेलले बताउनुभयो । उहाँको नागरिकताका लागि जनप्रतिधिसँग आवश्यक समन्वय गरेपछि वडाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिएको डुम्रेलले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area