देश/प्रदेश

सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद

Banner

काठमाडौं, चैत ७-

सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो ।

५र६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको थापाले बताए । गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने फरार रहेको सशस्त्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area