देश/प्रदेश
आफ्नो क्वाटरमा आफैँ आगो लगाउने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

कैलाली, चैत ६-
सरकारी क्वाटरमा आगो लगाएको आरोपमा दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहका अनुसार प्रशासकीय अधिकृत रोशन अधिकारीलाई सरकारी क्वाटरमा आगो लगाएको आरोपमा प्रकाउ गरिएको हो ।
फागुन २४ गते प्रमुख प्रशासकीय अधिकृत अधिकारी आफ्नो सरकारी क्वाटरमा आफैँ आगो लगाएपछि उनीलाई पक्राउ गरिएको प्रहरीजे निरीक्षक सिंहले बताए ।
उनले राति सुतिरहेको समयमा अज्ञात समूहले ढुंगामुढा गर्नुका साथै क्वार्टरमा आगजनी गरेको र झ्यालबाट भागेर ज्यान जोगाएको प्रहरीमा बयान दिएपनि गाउँपालिकाले उक्त घटनामा उनी आफै संलग्न रहेको भन्दै उजुरी दिएका थिए । गाउँपालिकाले उजुरीपछि उनलाई आइतबार पक्राउ गरि सात दिन म्याद थप गरिएको छ ।



























