देश/प्रदेश

मिनभवन कलेजका प्राध्यापक हत्या: १६ वर्षपछि योजनाकार विद्यार्थी (महिला) पक्राउ

Banner

काठमाडौं, चैत ६-

हत्यामा संलग्न भएको आरोपमा १६ वर्षपछि एक महिला पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १६ वर्षपछि काठमाडौंको मिनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रहेकी ललितपुर ढोलाहिटीकी ४१ वर्षीय सविता थापा अधिकारीलाई पक्राउ गरेको हो ।

२०६४ असार २६ गते विष्ट ललितपुरको शंखमुलमा घाइते अवस्थामा भेटिएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो । सविताका भाइ विनोद थापासहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएको थियो । विनोद १० वर्ष जेल बसेर गत वर्ष मात्र छुटेका थिए । तर, उक्त घटनाको योजनाकार  सवितालाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । सवितालाई प्रहरीले जिल्ला अदालत ललितपुरमा बुझाएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार सविता विष्टकै विधार्थी थिइन् । उनी मिनभवनमा भर्ना भएपनि कक्षा लिन भने पाटन क्याम्पस जाने गर्थिन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area