देश/प्रदेश
सुन तस्करको अनुसन्धानमा गम्भीर त्रुटि देखिएपछि सीआईबीका सबैलाई सरुवा गर्न आयोगको सिफारिस

काठमाडौँ, चैत ६-
सुन तस्करी जाँचबुझ आयोगले सुनको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का कर्मचारीलाई सरुवा गर्न सिफारिस गरिएको छ । अनुसन्धानमा गम्भीर त्रुटि देखिएकाले अनुसन्धानमा खटिएका सबै प्रहरी कर्मचारीलाई सीआईबीबाट अन्यत्र सरुवा गर्नुपर्ने देखिएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ
चैत १ मा गृह एवम् उपप्रधान मन्त्री रवि लामिछानेलाई पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले ४८५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो ।प्रतिवेदनमा सीआईबीका चार प्रहरी अधिकृतलाई विभागीय कारबाहीका लागि सिफारिस गर्नुका साथै अनुसन्धानमा खटिएका सबै प्रहरीहरुको सरुवा गर्नुपर्ने उल्लेख गरेको थियो ।
आयोगका अध्ययक्ष डिल्लीराज आचार्यले समेत अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुलाई विभागीय कारबाहीका साथै सरुवाका लागि समेत सिफारिस गरेको स्वीकार गरे ।



























