अन्तर्राष्ट्रिय

सम्झौता अनुरुप काम र तलव नपाएपछि युएईमा १८ नेपाली अलपत्र, खाना र बस्न समस्या

Banner

युएई , चैत ६-

नेपालमा गरेको सम्झौता अनुरुप काम र तलव नपाएपछि संयुक्त अरब एमिरेट्स (युएई) मा १८ जना नेपाली अलपत्र परेका छन् । सम्झौता अनुरुप काम र तलव नपाएपछि उनीहरुलाई खाना र बस्न समस्या समेत भएको हो ।

र्जुन प्रजापती, छन्नु हरिजन, उत्तम प्रसाद हरिजन, प्रेम बहादुर बराम, शम्भु पासी, र सुन्दर श्रेष्ठ अलपत्र परेका हुन् । साथै अलपत्र पर्नेमा बिष्णु कुमार श्रेष्ठ, सुमन थापा मगर,बम बहादुर विक, चन्द्र केशर राजभार, ईन्द्र बहादुर दर्जी र अशोक कुमार चमार, नाथु अहिर, राजकुमार थापा, गुमान सिंह विक, प्रकाश थापा, भुपेन्द्र शाही र रमेश बहादुर विक पनि रहेका छन् । उनीहरु काठमाडौंमा रहेको रेड पाण्डा इन्टरनेशनल ओभरसिजमार्फत युएईको बैट अलरनीन टेक्निकल सर्भिसेस कम्पनीमा ३ महिना पहिले युएई पुगेका थिए ।

पीडित मार्फत आएको निवेदन बिभागले नेपाली दुतावास आबुधावी, श्रम मन्त्रालय, बैदेशिक रोजगार बिभाग, तथा परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै उद्धारका लागि अनुरोध गरेको र आफूहरुले गुजारा चलाउन केही खाद्य सामाग्री प्रदान गरेको बिभागका युएई सभापती सुजन थापाले जानकारी दिए ।

नेपाली श्रमिक समस्यामा परेको जानकारी दुतावासमा आए लगत्तै कम्पनी र नेपाल बाट कामदार ल्याउने म्यानपावरसँग सम्पर्क गरेको र दुई दिनभित्र समस्या समाधान गर्ने आश्वासन पाएको दुतावासका श्रम काउन्सिलर दिनबन्धु सुवेदीले बताए ।

नेपालमा म्यानपावरलाई डेढदेखि ३ लाखसम्म तिरेर युएई गएका उनीहरुले म्यानपावरका संचालक राजकुमार बानियालाई फोन गरेर आफूहरुको उद्धार गरिदिन पटक पटक अनुरोध गरेपनि जवाफमा दुतावस तथा मन्त्रालय जहाँ गएर उजुरी गरे पनि आफूलाई केही फरक नपर्ने भन्दै उल्टै धम्काउने गरेको पीडितहरुको गुनासो छ ।

स्रोतः नेपाल प्रेस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>