देश/प्रदेश
वरिष्ठ महिला कर्मचारीमाथि दुर्व्यवहार, राष्ट्र बैंकका निर्देशक आचार्य सेवाबाट बर्खास्त
०

काठमाडौँ, चैत ६-
नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरिएको छ। पटक–पटक कर्मचारी अनुशासन उल्लंघन गरेको भन्दै आज (चैत ६ गते) देखि लागू हुने गरी बैंकका निर्देशक आचार्यलाई सेवाबाट हटाइएको स्रोतले बताएको हो ।
आचार्यले आफूलाई दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेर वरिष्ठ महिला कर्मचारीले प्रशासनसमक्ष उजुरी दिएकी थिइन्। आचार्यले गत २७ पुसमा केन्द्रीय बैंकका उच्च अधिकारीको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममै उनीमाथि दुर्व्यवहार गरेका थिए। ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेपछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























