देश/प्रदेश

बागलुङ बस दुर्घटनाः महाधिवेशनमा सहभागी हुन काठमाडौं हिडेका अन्नपूर्ण पोष्टका पत्रकारको निधन

Banner

पोखरा, चैत ६-

बागलुङमा भएको बस दुर्घटनामा रुकुमका पत्रकारको निधन भएको छ।

रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस निसीखोला गाउँपालिकामा दुर्घटना हुँदा अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार विक्रम परियारको निधन भएको हो ।

परियार नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वका सहसचिव र प्रेस सेन्टरको उपाध्यक्षसमेत थिए। उनी राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area