देश/प्रदेश

प्रश्नको उत्तर नजानेर छात्रामाथि कुटपिट गर्ने शिक्षिकाले विद्यालयमा पठनपाठन गर्न नपाउने

Banner

लमजुङ, चैत ६-

लमजुङको एक बोर्डिङ स्कुलकी शिक्षिका अब उक्त विद्यालयमा पठनपाठन गर्न नपाउने भएकी छिन् । छात्रालाई कुटपिट गरेपछि शिक्षिकाले सो विद्यालयमा पठनपाठन गर्न नपाउने भएकी हुन् ।

इलाका प्रहरी कार्यालय सुन्दरबजारका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठका अनुसार बोर्डिङ स्कुलमा सोधेको प्रश्नको उत्तर नदिएको भन्दै कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रालाई कुटपिट गरेपछि उनीविरूद्ध ठाडो निवेदन परेको हो ।

उनेले ठाडो निवेदन परेको र पीडितको माग सुनुवाइ हुने गरी सहमति भएको छ बताए । उनका अनुसार सोमबार विद्यालय र पीडितबीच बालिकाको सवै औषधी उपचार विद्यालयले गराउने, कुटपिटमा संलग्न शिक्षक फराना मियाँलाई उक्त विद्यालयमा पठनपाठन गर्न नपाउने गरी हटाउने गरी सहमति भएको थियो ।

लमजुङ सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कूलकीकी शिक्षिका मियाँले प्रश्नको उत्तर नजान्दा लौरी प्रहार गरेकी हुन् । पीडितका अनुसार शिक्षिकाको लौरी प्रहारबाट पिँडौलामा रातो र निलो डाम र खुट्टा सुन्निएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>