देश/प्रदेश

हत्या भएको अवस्थामा मृत भटिएकी नर्सका प्रेमी पनि मृत भेटिए

Banner

विराटनगर, चैत ५-

विराटनगरमा एक पुरुष मृत भेटिएका छन् । हिजो (आइतबार) राति २२ वर्षीय शिवशंकर दास मृत भेटिएका हुन् । प्रहरीका अनुसार शिवशंकर शुक्रबार दिउँसो विराटनगर महानगरपालिका-४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी हुन् ।

नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिकाकुमारी आफू बसेकै कोठाको बाथरुममा मृत भेटिएकी थिइन् ।

नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर दासको शव भेटिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area