देश/प्रदेश
कार र मोटरसाइकल ठोक्किँदा मालपोत कार्यालय प्रमुखको मृत्यु

रुपन्देही, चैत ५-
रुपन्देहीमा कार मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक मृत्यु भएको छ । हिजो (आइतबार) भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३-०२-००१ ब ४८० नम्बरको मोटरसाइकल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि ठोक्किँदा एकको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह विष्टका अनुसार रुकुमको मुसिकोट नगरपालिका-१ घर भएका ४२ वर्षीय तिलक बहादुर रावतको मृत्यु भएको छ । रावत रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ मझगावास्थित मालपोत कार्यालयमा कार्यरत कार्यालय प्रमुख (मालपोत अधिकृत) हुन् ।
प्रहरी निरीक्षक विष्टका अनुसार दुर्घटनामा घाइते रावतलाई सिद्धार्थनगर सिटी हस्पिटल लगिएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।



























