कर्पोरेट

कोका–कोलाले ‘द लार्जेस्ट मोमो पार्टी’ गरेर गिनिज वल्र्ड रेकर्ड कायम

Banner

चितवन, चैत ४-

कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वल्र्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ ।

काठमाडौंको ह्यात रेजेन्सी होटलमा गत शुक्रबार ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणको एउटा भागको रूपमा पार्टीमार्फत् नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेको विज्ञप्ति मार्फत् जनाएको हो ।

कोका–कोलाले ५०० भन्दा बढी उत्साही सहभागीका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको जनाएको छ । प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिइएको थियो । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हाइजिन इन्स्पेक्टर र दुईजना साक्षीहरु प्नि कार्यक्रममा उपस्थित रहेका थिए ।

कार्यक्रम लगभग १५ मिनेट चलेको थियो र सहभागीले कोका–कोलासँगै स्वादिष्ट मोमोको स्वाद लिएका थिए । यस उपलब्धिले समुदायमा हर्ष र एकताका क्षणहरू सिर्जना भएको कम्पनीले जनाएको छ । कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त गर्दै भनिन्, ‘कोका–कोला र मोमो नेपालीहरुलाई साँच्चै नै मन पर्छ र यो उपलब्धि त्यस कुराको साक्षी बन्न पुगेको छ । परिकारको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौं ।’

कोका–कोलालाई विश्वव्यापी सबले मन पराउँछन् र लामो समयदेखि विभिन्न किसिमका परिकारको स्वादको पूरक बन्ने क्षमताको लागि प्रशंसा गरिन्छ । स्वादिलो खानेकुरादेखि चटकदार स्न्याक्ससम्म, कोका–कोलाले विश्वभरिका मानिसहरुका मनपर्ने व्यञ्जनसँगै आफूलाई एक स्टेपलको रूपमा स्थापित गरेको छ । पुस्तौँदेखि कोका–कोलालाई विभिन्न परिकारका स्वादहरू समृद्ध पार्ने आदर्श सहयोगीको रूपमा लिइने कम्पनीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>