राजनीति
तल्लो अरुण जलविद्युत आयोजनाको ठेक्का आह्वानः २०३० को डिसेम्बरदेखि विद्युत उत्पादन गर्ने लक्ष्य
०

काठमाडौं, मंसिर ११ –
तल्लो अरुण जलविद्युत आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री कार्यालयका प्रवक्ता हृमराज अर्यालले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउनु भयो । प्रधानमन्त्री बालेन्द्र साहको यही मंसिर ६ र ७ गते भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री साह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उक्त आयोजनको शिलान्यास गर्नुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























