देश/प्रदेश

आगलागीबाट तीन घर जलेर नष्ट

Banner

गाईघाट, चैत ४-

उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–३ भोर्लेनीको नवउदय सामुदायिक वनमा शनिबार आगलागी भएको थियो । उक्त आगो भोर्लेनी गाउँमा प्रवेश गर्दा तीन घर र तीन गोठ जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार नवउदय सामुदायिक वनमा लागेको आगो नजिकैको गाउँमा हावाहुरीले ल्याएपछि भोर्लेनीका गाउन राई, मनकुमारी राई, जगतबहादुर राई, मदन राई, गोविन्द नेपाली र रामबहादुर राईको तीन घर र तीन गोठ जलेर नष्ट भएको छ ।

आगलागीका कारण घरमा भएका सबै अन्न, लत्ताकपडा र नगदसहित सुनचाँदी सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट करिब रू ४६ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सामुदायिक वनको आगो गाउँमा प्रवेश गरेपछि प्रहरीको टोली र स्थानीयवासी मिलेर शनिबार रातिसम्ममा आगो नियन्त्रणमा लिइएको प्रनाउ चौधरीले बताउनुभयो । । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area