देश/प्रदेश

अभियान चलाएर प्रहरीले एकैदिन प्रकाउ गर्‍यो २०२ फरार अभियुक्त

Banner

काठमाडौँ, चैत ३-

प्रहरीले अभियान चलाएर एकै दिन २०२ फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न अपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका २०२ फरार अभियुक्तलाई पक्राउ गरेको हो ।

जिल्ला अदालतको बेरूजु फछ्र्यौट गर्न र फैसला कार्यान्वयन गराउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठूलो सङ्ख्यामा फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि ज्ञवालीले बताए।

उनीहरूलाई शुक्रबार नै अदालतमा हाजिर गराई कैद भुक्तानीका लागि जेल चलान गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area