देश/प्रदेश
भारतमा दुर्घटनामा परी एक नेपालीको मृत्यु
०

झापा,चैत २-
भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका-५ का ५० वर्षीय विष्णु शर्मा रहेका छन् ।
सिलिगुडीबाट गलगलिया जाने क्रममा ‘कटिहार–सिलगुडी इन्टरसिटी एक्सप्रेस’ रेल चढ्दा बुधबार चिप्लिएर शर्मा घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा आज निधन भएको भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवालाले जानकारी दिनुभयो ।
दुर्घटनामा सख्त घाइते भएका शर्मालाई भारतीय सुरक्षाकर्मीले उपचारका लागि नर्थ बङ्गाल अस्पताल पु¥याएका उहाँले बताउनुभयो । मृतक शर्मा भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिरमा पुजारी हुनुहुन्थ्यो । उनको शव कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन लागिएको अध्यक्ष साहेवालाले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























