राजनीति
सहकारी प्रकरणमा म संलग्न छैन भनेर यसअघि भनिसकेको छु, संसद्मा उभिएर जवाफ दिन्छुः गृहमन्त्री लामिछाने

काठमाडौं, चैत २-
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले उठाएका प्रश्नबारे आफू सभामुखबाट रुलिङ भएको खण्डमा संसद्मा उभिएर जवाफ दिन तयार रहेको बताएका छन् ।
आफूलाई सहकारी प्रकरणसँग जोडेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्मा उठाएका प्रश्नबारे सभामुखबाट रुलिङ भएको खण्डमा संसद्मा उभिएर जवाफ दिन तयार रहेको बताएका हुने ।
कांग्रेसको अडानबारे सोधिएको प्रश्नमा गृहमन्त्री लामिछानेले आफू सभामुखबाट रुलिङ भएको खण्डमा संसद्मा उभिएर जवाफ दिन तयार रहेको बताएका हुन् । ‘संसदमा केही माननीयहरूले प्रश्न उठाउनुभएको थाहा पाएँ, सहकारी प्रकरणमा म संलग्न छैन भनेर यसअघि भनिसकेको छु,’ लामिछानेले भने, ‘तर प्रश्न उठाइसकेपछि जवाफ दिन कुनै कठिनाइ छैन । सभामुखज्यूबाट रुलिङ भएको खण्डमा म कुनै पनि बेला उपस्थित भएर जवाफ दिन्छु ।’
गृहमन्त्री लामिछानेले आज प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेकामा कांग्रेसले उनी स्वयं प्रश्नको घेरामा रहेको व्यक्ति भन्दै उपयुक्त जवाफ प्राप्त नहुँदासम्म विधेयक पेस गर्न नदिने अडान लिएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राजीनामा मागेका छन् । स्रोतः अनलाइन खबर
























