चितवन विशेष

चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन

०
Banner

चितवन, असोज २०-

चिया तथा कफी व्यवसायीहरूको हकहित संरक्षण तथा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन गरिएको छ। मंगलबार (आजं) नारायणगढमा सम्पन्न संघको साधारण सभा तथा प्रथम अधिवेशनले पदमबहादुर बानियाँको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राज गुरुङ, सचिवमा सुदिश थापा र कोषाध्यक्षमा अभिषेक सुसनिङ चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा विवेक कँडेल, पुरुषोत्तम भट्टराई, जिमी गुरुङ, टकमाया गुरुङ र प्रविण गुरुङ चयन हुनुभएको संघले जनाएको छ।

संघले चिया तथा कफी व्यवसायीका साझा समस्या तथा हकहितका विषयमा काम गर्दै व्यवसायको प्रवद्र्धन र व्यावसायिक विकासमा सहजीकरण गर्ने उद्देश्य राखेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>