समाचार

नेपाली कला क्षेत्रलाई अवहेलना गरियोः अध्यक्ष केसी

०
Banner

काठमाडौँ, चैत्र ०१-

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली कला क्षेत्रलाई अवहेलना गरिएको बताएका छन्। बिहीबार सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा नेपाली सिनेमा क्षेत्र, नेपाली कला क्षेत्र अवहेलित रहेको जिकिर गरे। देशको गहना भन्ने गरिए पनि यथार्थमा चलचित्र क्षेत्रलाई अघि लैजानका लागि सहयोग नभएको उनको भनाइ थियो।

‘हाम्रो देशमा नेपाली सिनेमा क्षेत्र, नेपाली कला क्षेत्र असाध्यै अवहेलित छ। भन्नका लागि देशको गहना कला, संस्कृति भनिन्छ। यथार्थमा यो क्षेत्रलाई अघि लैजानका लागि त्यति सहयोग भएको देखिएन।’ उनले भने। निफ सञ्चालनका लागि चलचित्र विकास बोर्डले गरेको आर्थिक सहयोग पर्याप्त नभएको उनले सुनाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>