राजनीति

गृहमन्त्रीलाई आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्न कमल थापाको आग्रह

Banner

काठमाडौँ, चैत्र ०१-
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नवनियुक्त गृहमन्त्रीलाई सहकारी ठगिको आरोप लागेको भन्दै सो आरोपलाई दुधको दुध, पानीको पानी गर्न चुनौती दिएका छन्।

बिहीबार पार्टीले काठमाडौंमा आयोजना गरेको वृहत् जनप्रदर्शनपछि सम्बोधन गर्दै अध्यक्ष थापाले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्न आग्रह गरेका हुन्।

उनले सहकारी ठगिको आरोपलाई पारदर्शी र जनतालाई चित्त बुझ्ने गरी दुधको दुध, पानीको पानी पार्न चुनौती दिए। नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभूति दिनेछन् भनेर आफूहरूले हेरिराखेको उनको भनाइ थियो।

‘पूर्व उपराष्ट्रपति, पूर्व सभामुख र पूर्वमन्त्रीका छोराहरु सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्न छन्। उनीहरुलाई कारबाही गर्न सक्नुहुन्छ रु ललिता निवास जग्गा प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीलाई कानूनको कठघरामा उभ्याउन सक्नुहुन्छ रु’ उनले प्रश्न गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>