राजनीति

रुसी सेनामा थप सात नेपालीको मृत्यु

Banner

काठमाडौँ, चैत्र ०१-

परराष्ट्र मन्त्रालयले रुसी सेनामा थप सात जना नेपाली मारिएका पुष्टि गरेको छ। योसहित मृत्यु हुनेको संख्या १९ पुगेको छ। मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै सात जना नेपाली मारिएको पुष्टि गरेको हो।

मन्त्रालयबाट जारी विज्ञप्ति अनुसार मारिने नेपालीहरूमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नविन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान छन्।

यसअघि रुसी सेनामै गएका १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>