राजनीति

रेशम र मेरो पार्टीगत विचार मिलेन: रञ्जिता श्रेष्ठ

Banner

काठमाडौँ, फागुन ३०-
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरी र आफूबीच पार्टीगत रुपमा विचार नमिलेको बताएकी छिन्।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले पार्टी र परिवार छुट्टै कुरा भएको भन्दै पार्टीका संस्थापक तथा आफ्ना श्रीमान रेशम चौधरीसँग पार्टीगत रुपमा विचार नमिलेको बताएकी हुन्।

उनले आफू मन्त्रि बन्नका लागि विश्वासको मत दिएको भन्ने कुरा गलत भएको टिप्पणी गरिन्। ‘मन्त्री खानको लागि विश्वासको मत दिएको भए त मन्त्री भइसकेपछि विश्वासको मत दिन्थेँ होला नि । मन्त्रि हुनुभन्दा अगाडी नै दिएको छु। मन्त्री पाउनका लागि विश्वासको मत दिएको होइन।’ उनले भनिन्।

रेशम चौधरीलाई महाधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष बनाएपछि निर्वाचन आयोगले नमानेको भन्दै सो कुरा रेशम आफूले पनि स्वीकार गरेको उनको भनाइ थियो।

‘रेशम पार्टीको संस्थापक र जन्मदाता हुनुहुन्छ। पार्टीको महाधिवेशन गरेर उहाँलाई सर्वसम्मत् रुपमा अध्यक्ष स्वीकारेको पनि हो। त्यसपश्चात जुन निर्वाचन आयोगले आफ्नो निर्णय दिनुभयो। त्यसमा पनि रेशमजीले स्वीकारिसक्नु भएको छ। किनभने विधि, विधान कानुनभन्दा माथि कोहीपनि हुँदैन। रेशमजीले कानुनलाई स्वीकार गरेर जुन निर्वाचन आयोगले जुन अस्वीकार गरेको। परिवार फुट्दैन। म आफुसँगै छु नि स्टाटस लेख्दा। पार्टीगत रुपमा हाम्रो मत फरक हो।’ उनले भनिन्। उनले राजनीतिक कारणले आफ्नो परिवारमा कुनै समस्या पैदा नहुने उल्लेख गरिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>