राजनीति

गठबन्धन परिवर्तन गर्ने प्रचण्डजी मुख्य हो, साथ दिने म पनि हो, दुई भाइलाई जस दिए हुन्छ: ओली

Banner

काठमाडौं, फागुन ३०-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन परिवर्तनका लागि बाह्य शक्तिको नाम जोड्नु बान्छनीय नभएको बताएका छन् ।

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा बोल्दै एमाले अध्यक्ष ओलीले देशभित्रकै शक्तिले मिलेर गरेको कामलाई बाह्य शक्तिले गरेको भन्नु उचित नहुने बताए ।

‘हामीले सँगै मिलेर धेरै राम्रा काम गरेका छौँ । राम्रा गरे जति सबै आफूले गरेको भन्छ नेपाली कांग्रेसले । अरूलाई एक छेउ जस दिन्छ ?’, ओलीले भने, ‘यसपटक पनि नेपाली कांग्रेस मात्रै होइन, अरूअरू छरछिमेकका मित्र पनि यत्तिको काम त हामीले गरेको भनेर हामीलाई जस दिए हुन्छ नि । सरकार परिवर्तन यताउता, खत्र्याखुत्रुक, हाम्रो देशभित्रका सानातीना काम त हामीले गरेको भन्दा हुन्छ । को देश आयो, कुन आयो, कसले गर्यो भनेर कहाँ अरूलाई जस दिएको ?’

उनले गठबन्धन परिवर्तनमा प्रधानमन्त्री प्रचण्ड र आफूले गरेको जिकिर गरे । ‘परिवर्तन गर्ने प्रचण्डजी मुख्य हो, साथ दिने म पनि हो । दुई भाइलाई जस दिए पनि हुन्छ नि’, ओलीले भने, ‘मैले १६ पुसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन गठबन्धनमा रमाएर मस्तले इन्जोय गरिरहेको कांग्रेसको तलाउमा फ्याट्ट ढुंगा फ्याकेर किन तरंग ल्याउने त्यतापट्टी छैन भनेको थिएँ । मैले तरंग ल्याउन चाहिनँ । तर बुझ्न त कांग्रेसले बुझेको थियो होला ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>