समाचार

चीनको हुबेई प्रान्तमा विष्फोट हुँदा एक जनाको मृत्यु, २२ घाइते

०
Banner

काठमाडौं, फागुन ३०-

चीनको हुबेई प्रान्तमा भएको विष्फोटमा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बुधबार बिहान स्थानीय समय अनुसार ७ बजेर ५४ मिनेट जाँदा हुबेई प्रान्तको सान्हे शहरस्थित यान्जियाओमा रहेको एक भोजनालयमा विष्फोट भएको थियो ।

चिनियाँ अधिकारीहरुले प्राइड चिकेन सपमा ग्यास लिक भएर विष्फोट भएको र सो विष्फोटमा परी एक जनाको मृत्यु भएको जानकारी दिएको ग्लोबल टाइम्सले जनाएको छ ।

ग्लोबल टाइम्सले सेयर गरेको विष्फोटको भिडियोमा आगो र धुवाँको मुस्लो उठेको देखिन्छ । घटना लगत्तै आपत्कालीन सेवाको टोली विष्फोटस्थलमा परिचालित भएको थियो । घाइतेहरुको उपचार अस्पतालमा जारी छ ।

चाइना डेलीका अनुसार घटनास्थलमा ३६ वटा दमकल र १५४ जना अग्नि नियन्त्रक परिचालित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>