समाचार
वैदेशिक रोजगार विभागका नासु घुससहित कार्यकक्षबाटै पक्राउ
०

काठमाडौं,फागुन २९-
वैदेशिक रोजगार विभागमा कार्यरत लेखापाल (नायब सुब्बा) प्रमोद निरौला सेवाग्राहीसँग घुस लिइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । आयोगको टोलीले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको ७१ हजार ६२० रुपैयाँसहित उनको कार्यकक्षबाटै मंगलबार नियन्त्रणमा लिएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























