समाचार
पाथीभरामा केबलकार नबनाउन रवि लामिछानेको ध्यानाकर्षण

काठमाडौं,फागुन २९-
गृहमन्त्री रवि लामिछानेले देशको प्रहरी संयन्त्र कुनै एक जना व्यापारी वा व्यक्तिको पक्षमा परिचालित नहुने बताएका छन् । ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार परियोजनाको विरोध हुन थालेपछि सरकारले पाथीभराको फेदीमा सशस्त्र प्रहरीको क्याम्प राख्न लागेको छ । केबलकार बनाउने तयारीमा लागेका व्यवसायी चन्द्र ढकालको स्वार्थ पूरा गर्नका लागि त्यहाँ सशस्त्र क्याम्प राख्न लागिएको भन्दै स्थानीयबासी एवं पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् ।
यसै सन्दर्भमा मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पहिचान पक्षधरहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई भेटेर पाथीभरामा केबलकार नबनाउन र सशस्त्र क्याम्प नराख्न भनेका छन् । पहिचान पक्षधरहरुले चन्द्र ढकालका लागि सशस्त्र प्रहरी परिचालन हुन लागेको र त्यहाँ क्याम्प राखिएमा द्वन्द्व हुनसक्ने गृहमन्त्री लामिछानेलाई चेतावनी दिएका छन् ।























