समाचार

लोकतन्त्रको विशेषतालाई अगाडि बढाउनुपर्छः नेता डा कोइराला

०
Banner

मोरङ, फागुन २९-
मुलुकमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको गुराँस पुस्तकालय बरगाछी विराटनगरले आफ्नो ५४औँ स्थापाना दिवसको उपलक्ष्यमा सामाजिक तथा राजनीतिक क्षेत्रका दुई जना व्यक्तित्वलाई आज यहाँ सम्मान गरेको छ ।

‘स्व. मुक्तिप्रसाद यदुनाथ चापागार्इं’ सम्मानबाट राजनीतिक क्षेत्रमा पीताम्बर दाहाल र सामाजिक क्षेत्रमा उद्योगपति दीनबन्धु गोयललाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।
यस्तै साहित्यकार दधिराज सुवेदीलाई कदरपत्र र कक्षा आठमा उत्कृष्ट अङ्क ल्याउने द्रोण डाँगी र सलिना राजवंशीलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सम्मानपत्र वितरण गर्दै लोकतन्त्रको विशेषतालाई अगाडि बढाउने जिम्मेवारीका साथ लाग्नु आवश्यक रहेको बताउनुभयो । उहाँले विकृति, विसङ्गतिलाई चिरेर अगाडि बढी लोकतन्त्रलाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिमा संस्कार र नैतिकता आवश्यक रहेको चर्चा गर्दै वर्तमान अवस्थामा यसमा खडेरी परेको गुनासो गर्नुभयो । सम्मानित व्यक्तित्वहरु गोयल, दाहाल, सुवेदी, कांग्रेस नगर सभापति दीपक चापागाईं, पुस्तकालयका अध्यक्ष सुनिल पाण्डे, लक्ष्मी पोखरेलले प्रजातन्त्र, लोकतन्त्र एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई पुस्तकालयले सम्मान गर्ने गरेको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>