राजनीति
राष्ट्रियसभा अध्यक्ष निर्वाचन उम्मेदवार शर्माको प्रस्ताव अस्वीकृत
०

काठमाडौँ, फागुन २९ –
राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट अस्वीकृत भएको छ ।
उक्त प्रस्तावमा भएको मतदानमा शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत प्राप्त भएको बैठकको अध्यक्षता गरिरहनुभएका सभाका उपाध्यक्ष उर्मीला अर्यालले जानकारी गराउनुभयो । सो प्रस्तावमा ५६ सदस्यले मतदान गर्नुभएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























