राजनीति

राप्रपाको जनप्रदर्शनको मिति चैत २७ गते सर्‍यो

Banner

काठमाडौं, फागुन २९-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दबाब दिन भन्दै तय गरेको प्रदर्शनको मिति परिवर्तन गरेको छ।

चैत १६ गतेका लागि तय भएको काठमाडौं केन्द्रित प्रदर्शन पार्टीको कार्यसम्पादन समितिको बैठकले २७ गतेका लागि सारेको हो।

एसईई परीक्षा चल्ने भएकाले लाखौँ विद्यार्थी, अभिभावकलाई असुविधा पर्ने भन्दै काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति सारेको पार्टीले जनाएको छ।

‘राप्रपाले नेपाल सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने पार्टीको निर्णय रहेकोमा मिति परिवर्तन गर्ने र चैत २७ गते गर्ने निर्णय गरिएको छ,’ राप्रपाको विज्ञप्तिमा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>