खेलकुद

कुशलले टी–२० आईमा बनाए १ हजार रन, अर्धशतक बनाएर सन्दिप जोरा आउट

०
Banner

काठमाडौं, फागुन २९-

नेपाली क्रिकेटर कुशल भुर्तेलले टी–२० आईमा एक हजार रन पूरा गरेका छन्।

पपुवा न्यूगिनीविरुद्ध ५९ रन बनाएका कुशलले ३५औँ इनिङमा एक हजार रन पूरा गरेका हुन्। उनले १००८ रन बनाएका छन्। त्यसअघि टी–२० आईमा दिपेन्द्रसिंह ऐरीले एक हजार रन बनाएका थिए।

पपुवान्यूगिनी विरुद्धको जारी खेलमा सन्दीप जोराले पनि अर्धशतक पूरा गरेका छन्। निकै आक्रामक ब्याटिङ गरेका जोरा ५६ रन बनाएर आउट भएका हुन् । नेपालले अहिले ५ विकेटको क्षतिमा १७५ रन बनाएर खेलिरहेको छ।

आहिले क्रिजमा लोकेश बम र गुल्शन झा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>