समाचार

नीर शाह नेपाल सांस्कृतिक महासंघको सल्लाहकार मनोनीत

०
Banner

काठमाडौँ, फागुन २८-
वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह नेपाल सांस्कृतिक महासंघको सल्लाहकार मनोनीत भएका छन् । नेपाल सांस्कृतिक महासंघको केन्द्रीय समितिको सोमबार बसेको बैठकले शाहलाई सल्लाहकारमा मनोनीत गरेको हो ।

महासंघका अध्यक्ष तीर्थ थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय डिल्लीबजारमा बसेको बैठकले संघको विधान संशोधन तथा परिमार्जन गर्ने, आगामी भदौ मसान्तभित्र महाधिवेशन गर्ने, लोकप्रिय लोकगायक बिमलराज क्षेत्रीको मेचीमहाकाली एकल लोकतान्त्रिक सांस्कृतिक कार्यक्रम गर्ने, आगामी होलीपुर्णिमाको दिन नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीसहित विभिन्न कलाकर्मीको उपस्थितिमा होली कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

बैठकले महासंघको अर्जुन गिरीको संयोजनमा अनुशासन, गंगाबहादुर पाण्डेको संयोजनामा न्यायिक सकितको अलवा आर्थिक, कार्यक्रम, विभिन्न विधागत समिति समेत गठन गरेको महासंघका महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>