समाचार
१० पटकसम्म स्वतन्त्र उठेर वडाध्यक्ष जितेका व्यञ्जनकारको निधन
०

ललितपुर, फागुन २७-
ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले जानकारी दिए। उनका अनुसार व्यञ्जनकारलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल लगिएको थियो। सोही क्रममा उनको मृत्यु भएको हो।
व्यञ्जनकार लगातार दसपटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित भएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























