समाचार

कलाकार ‘म्याकुरी’ कुटपिट आरोपमा पक्राउ परेकी वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति

०
Banner

काठमाडौं, फागुन १७-

कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
काठमाडौं जिल्ला अदालतले बिहीबार चार दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ। वाइबालाई प्रहरीले बुधबार सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी काठमाडौं ल्याएर बिहीबार म्याद थपका लागि अदालत लगिएको हो। वाइबाविरूद्ध कलाकार खतिवडाले प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए।

आफूमाथि कुटपिट भएको भन्दै कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>