चितवन विशेष
क्लाउड एजुकेसन काठमाण्डू गोर्खाजको अब्रोड स्टडी पार्टनर

चितवन,असोज २३-
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका निम्ति काठमाण्डू गोर्खाजले क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेजसँग अब्रोड स्टडी पार्टनरको रूपमा सम्झौता गरेको छ । सम्झौतापत्रमा काठमाण्डू गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र क्लाउड एजुकेसन ग्रुप प्रालिका निर्देशक आयुष गौतमले हस्ताक्षर गरे । सम्झौताअनुरुप काठमाण्डूको आधिकारिक जर्सीको नन लिडिङ आर्ममा क्लाउड एजुकेसनको लोगो हुनेछ । काठमाण्डूका कार्यकारी निर्देशक सिरोहियाले क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेजलाई अफिसियल अब्रोड स्टडी पार्टनरको रूपमा स्वागत गर्न पाउदा हामी अत्यन्तै खुसी व्यक्त गरे ।
क्लाउड एजुकेसन ग्रुप प्रालिका निर्देशक गौतमले नेपालमा क्रिकेट खेलमात्र नभएर ठूला सपना देख्न प्रेरित गर्ने एउटा भावना भएको र काठमाण्डूूसँग सहकार्य गरेर देशभरका विधार्थी र प्रशंसकसँग जोडिन चाहेको जनाए । नेपाल प्रिमिर लिग (एनपिएल) सिजन ९३ का लागि क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी भएको छ ।
‘ टुगेदर फर द गेमः अ पार्टनरसिप फर क्रिकेट’ नारासहित सार्वजनिक गरिएको यस सहकार्यले क्रिकेटको विकासमा खेलकुद क्षेत्र र निजी क्षेत्रबीचको सहकार्यलाई आफ्नो संस्थाले प्राथमिकता दिएको जानकारी क्लाउड एजुकेसन भिसाले दिएको छ। यस साझेदारीमार्फत नेपाली क्रिकेटको प्रवर्द्धन तथा खेलसँग सम्बन्धित गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्य क्लाउड एजुकेसन भिसाले लिएको छ । क्रिकेटप्रतिको आकर्षण बढाउन र खेलकुद क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता विस्तार गर्न यस्ता सहकार्यले सकारात्मक भूमिका खेल्ने अपेक्षा क्लाउड एजुकेसन भिषाले लिएको छ ।
























