चितवन विशेष

घटनास्थापनादेखि कोजाग्रत पूर्णिमासम्म चितवन अदालत बन्द हुने, पक्राउ पूर्जी सेवा निरन्तर रहने

०
Banner

चितवन, असोज २३–

नेपालीहरुको महान् चाड बडादशैंको घटनास्थापनादेखि कोजाग्रत पूर्णिमासम्म चितवन जिल्ला अदालत बन्द रहने भएको छ। अदालतले शुक्रबार सूचना जारी गर्दै घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँ बिदा हुने जनाएको छ।

चितवन जिल्ला अदालतले जारी गरेको सूचनामा असोज २५ गते घटस्थापनाका दिनदेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने उल्लेख छ । तर अदालतका अनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्ने तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्न विशेष व्यवस्था गरिएको छ।

अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म भने त्यसका लागि अदालत खुला रहने सूचनामा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>