देश/प्रदेश

सशस्त्र प्रहरीका एआइजी दाहाल बर्खास्त

०
Banner

काठमाडौँ, असोज २३–

निलम्बनमा परेका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त भएका छन् । छानबिन प्रतिवेदन आएपछि उनलाई बर्खास्त गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

छानबिनको नेतृत्वकर्ता अर्का एआईजी अञ्जनीकुमार पोखरेलले बिहीबार मन्त्रालयमा प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा एआईजी दाहालले आचरण विपरीतको कार्य गरेको निष्कर्षसहित सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कारबाही गर्न सिफारिस गरिएको छ । नियमावलीको दफा ११० मा सजायसम्बन्धी व्यवस्था छ । त्यसको (क) मा सामान्यस सजाय राखिएको छ भने (ख) मा विशेष सजायको प्रावधान छ ।

विशेष सजायमा भविष्यमा सहकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भनिएको छ । ११ असोज बिहान अनुमति नलिई पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेको आरोप दाहालमाथि लागेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>