Breaking News

एक्सपर्ट भरतपुर मेयर्स कपः वाल्मीकि र अर्किड फाइनलमा प्रवेश

Banner

चितवन, फागुन १६–

वाल्मीकि शिक्षा सदन र अर्किड स्कुल एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (बुधबार) भएका सेमीफाइनलका खेलहरुमा सहज जित निकाल्दै वाल्मीकि र अर्किडले उपाधिका लागि भेट पक्का गरेका हुन् ।
पहिलो सेमीफाइनलमा वाल्मीकिले सनराइज इङलिस स्कुललाई १८ रनले पराजित गर्‍यो । वाल्मीकिले दिएको ११६ रनको विजय लक्ष्य पछ्याएको सनराइज ९७ रनमा अलआउट हुन पुग्यो ।

यस्तै दोस्रो सेमीफाइनलमा अर्किङ स्कुलले नारायणी नमुना माविलाई ७ विकेटले पराजित गर्‍यो । नारायणीले दिएको ८६ रनको लक्ष्य अर्किडले अन्तिम ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । अर्किडको जितमा सगुन सापकोटाले नटआउट ३५, विपिन क्षेत्री ९ रन बनाए । नारायणीका लागि सञ्जय यादवले ४ ओभरमा एक मेडनसहित १५ रन खर्चिएर २ विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको नारायणी नमुना मावि ८५ रनमा अलआउट भयो । उसका लागि प्रिन्स यादव र आयुष गिरीले समान १६ रन बनाए ।

अर्किडका लागि अमन भण्डारीले ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए भने सगुन सापकोटाले ४ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए । सगुन खेलको प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ । उपाधि विजेता र उपविजेता टोलीले विभिन्न त्रिकेट सामग्री पुरस्कार पाउने छन् ।

फागुन ४ गतेबाट सुरु भएको लिग चरणका खेलहरुमा १० वटा टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । सबै टिमले कुल ४ खेल खेलेका थिए । यसअघि २० वटा टिमलाई नकआउट प्रतिस्पर्धा गराइएको थियो । नकआउटबाट १० टोली बाहिरिएको थियो भने १० टोली लिगचरणमा प्रवेश गरेका थिए । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भइरहेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>